काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । प्रधान सेनापति प्रभुराम शर्माको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष पाण्डे पाँच दिने भ्रमणमा आइतबार काठमाडौँ आएका हुन् । भ्रमणमा उनकी पत्नी अर्चना पाण्डे पनि सहभागी छन् । सोमबार भारतीय सेना प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा…