राजनिति

सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दै


२० भाद्र २०७९, सोमबार, ,


आज सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आजको बैठकमा पनि आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सिट बाँडफाँटका बारेमा छलफल हुनेछ ।

मंगलबार सम्ममा सिट बाँडफाँटको सबै पक्ष टुंगो लाग्ने गठबन्धनका नेताहरूले बताइरहेका छन् । सिट बाँडफाँट गठबन्धन भित्रका सबै दललाई न्यायोचित हुने गरेर गर्ने नेताहरूले दाबी गर्दै आएका छन् ।

 

प्रकाशित : २० भाद्र २०७९, सोमबार, ,