चीनले गर्‍यो एन्टी ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीको परीक्षण, अमेरिका र भारतलाई सन्देश

काठमाडाैंमाघ २३, २०७७

चीनले एन्टी ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीको सफल परीक्षण गरेको दाबी गरेको छ ।

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले शत्रुको माध्यम दूरीसम्म मार हान्ने क्षेप्यास्त्रलाई बीच बाटोमै ध्वस्त पार्ने क्षमता यसमा रहेको दाबी गरेको छ । यसमार्फत अन्तरिक्षको भूउपग्रहलाई समेत ध्वस्त पार्न सकिने विज्ञहरूको दाबी छ ।


ADVERTISEMENT

बिहीवार गरिएको परीक्षणमा सबै लक्ष्य हासिल भएको चीनको रक्षा मन्त्रालयले बिहीवार जनाएको छ । यो रक्षात्मक प्रकृतिको परीक्षण भएको र यसको लक्ष्य कुनै विशेष देश नभएको चीनको भनाइ छ ।

मिसाइल सिस्टम देशको उत्तरी क्षेत्रमा परीक्षण गरिएको बताइएको छ । शाङ्सी प्रान्तबाट क्षेप्यास्त्र प्रहार गरिएको हुनसक्ने अनुमान छ । चीनको क्षेप्यास्त्र परीक्षणको केन्द्र त्यही हो ।


ADVERTISEMENT

ग्लोबल टाइम्सका अनुसार, यस मिसाइल डिफेन्स सिस्टमको परीक्षणले चीनको प्राविधिक कुशलता बढेको छ । चीनले गरेको यो पाँचौं परीक्षण हो ।

You might also like

Leave A Reply

Your email address will not be published.