Greenlife Hydropower LTD को साधारण सेयर IPO निष्कासन हुने भयको छ ।

IPO

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गते शुक्रबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । ग्रीनलाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आइपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६०० कित्ताका लागि मात्रै आवेदन परेको थियो । कुल १६ लाख ९६ हजार ४०० कित्ता सेयर बिकेको थिएन । उक्त सेयर सर्वसाधारणलाई थप गरी अहिले बिक्री गर्न लागिएको हो ।

ग्रीनलाइफको आइपीओमा बीओके क्यपिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा फागुन ७ गतेसम्म खुला रहनेछ । सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ ।

You might also like
1 Comment
  1. Surya says

    Ok xata

Leave A Reply

Your email address will not be published.