सनराईज यूबाक्लबकाे दाेस्राे बार्षिक उत्सवमा खूल्ला भलिबल तर्फ प्यानथेरा पहिलाे स्थान…….

माघ ४ प्यूठान झिमरुक गाउँपालिका वाडा नं. दुईमा हुन गहिरहेकाे कार्यक्रमा बिकृति ,बिसङ्गतिकाे अन्त्य गर्दै,समुन्नत समाजकाे निर्माणकाे कामना,खेलकुद र बिबिध सस्कृतिकाे जगेर्ना गर्ने सनराईज यूथक्लबकाे चाहाना भन्ने मुल नाराका साथ अाफ्नाे दाेस्राे बार्षिक उत्सब भब्य र सभ्य तरीकाले सनराईज यूथकल्बले भब्यताकाे साथ मनाएकाे छ।
बिगतका बर्षहरुमा भन्दा याे बर्ष अल्लि फरक र पृथक तरीकाले कार्यक्रम सम्पन्न गरेकाे क्लबका अध्यक्ष कृष्ण पाेख्रेलले बताउनुभयाे याे बर्ष जिल्ला भित्र र बाहिरका दर्जनौं खेलसमूहहरुकाे सहभागीतामा सानदार खेल हुदा हजाराै दर्सकहरुकाे लगातार तीन दिन सम्म उपस्थिति राम्राे हुदा क्लबले अागामिदिनहरमा खेलकुद संगै सामाजिक कार्य स्थानीय सरकार तथा गैर सरकारी संस्थाकाे सहयाेग लिएर गर्ने पाेख्रेलले बताउनुभयाे ।
दाेस्राे बार्षिक उत्सवकाे पाबन अबसरमा राखिएकाे खुल्ला भलिबल प्रतियोगितामा तिखाचुलि युवाक्लब गाैमुखि रजबारालई पराजित गर्दै प्यान्थेरा कन्ट्रकसन प्रालिमार्फत अाएका खेलाडिले प्रथम सिट हासिल गरेकाछन दाेस्राे स्थानमा तिखाचुलि युबाक्लब रहेकाे छ भने खुल्ला भलिबलकाे तेस्राे स्थानमा गुल्मीको मदाने स्पाेर्टस अाएकाेछ। बिजेता टिमले पुरस्कार क्रमश रु १६१११, १२१११ र ८१११ मेडल प्रमाण पत्र हाता पारेकाछन। १३ जना सहभागी रहेकाे घैटाेफाेरमा तिनजनाले हात पारेका छन भने ग्रामिण भेगकाे लागि नया खेल साेलाे बाईकरेसमा सहभागी १२ जनामा झिमरुक दुई का वसन्त खनालले साेलाे बाईक रेस प्रतियोगितामा बिजेता भएका छन उनले रु ३१०० मेडल र प्रमाण पत्र हात पारेकाछन। कार्यक्रमकाे प्रमुख अतिथि झिमरुक गाउपालिका दुईका वडा अध्यक्ष बलबहादुर महतराले युवाहरुले जुनसुकै सामाजिक कार्य अंगालेमा अाफुले पर्दा भित्र र बाहिरबाट सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रमा सफलताकाे शुभकामना दिनुभयाे ।

You might also like

Leave A Reply

Your email address will not be published.