इतिहासको ठुलो आइपिओ यो महिना आउदै, सबैजना लगानीकर्ता मालामाल हुनेप……..
पुष ४ नेपाल धितोपत्र बोर्डकाे अनुमति पर्खाइमा रहेको बैंकहरुको भन्दा ठूलो पुँजीको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यहि पुष महिना भित्रमा इतिहासकै ठुलो आइपिओ निष्काशन गर्न लागेको छ।
पूर्वाधार क्षेत्रमा लगानी गर्ने र सानो निक्षेप नलिने यो बैंकको चुक्ता पुँजी २० अर्ब तोकिएको छ। अहिले यसको चुक्ता पुँजी १२ अर्ब रुपैयाँमात्रै छ भने बाँकी ८ अर्ब रुपैयाँ पुँजी सर्वसाधारणलाई सेयर दिएर पुर्याउनु पर्ने देखिन्छ।
एक करोड रुपैयाँभन्दा कम निक्षेप नलिने यो बैंकले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाइ नियुक्त गरेको छ।इन्फ्रा बैंकमा सरकार र संस्थापक सेयर धनीहरुको स्वामित्व ६० प्रतिशत छ । आईपीओ जारी पश्चात सर्वसाधारणको भागमा ४० प्रतिशत पुग्नेछ ।
पूर्वाधार विकासलाई गति दिन सरकार, बाणिज्य बैंकहरु, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, सार्वजनिक तथा निजी कम्पनी र प्रतिष्ठित व्यवसायीहरु समेतले लगानी गरेर नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को स्थापना गरेका हुन् ।
बैंकले हाइड्रो, सोलार, सडक, सुरुङ, होटेल, केवलकार, शिक्षा, स्वास्थ्य, एयरपोर्ट, मेडिकल कलेज, अस्पताल, विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधार, सिमेन्ट, सहरी विकास, सूचना तथा सञ्चार प्रविधि, खानेपानी, सिंचाइ, कृषि पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरेको छ।