हिमालयन डिष्टिलरीले शतप्रतिशत लाभांश बाँड्ने…

हिमालयन डिष्टिलरी (HDL) ले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

पुस २ गते बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ छ ।

कम्पनीले २८ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस र कर सहित त्यतीनै नगद लाभांश वितरण गर्नेछ । बोनसपछि कम्पनीको पूँजी ८६ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ ।

अघिल्लो आर्थिक वर्ष कम्पनीले ५० प्रतिशत बोनस तथा ५२ प्रतिशत नगद लाभांश गरेर कुल १०२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४ हजार ४०० रुपैयाँ रहेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.