नागरिक लगानी कोषले पायो हकप्रद निष्काशनको अनुमति……

नागरिक लगानी कोषले हकप्रद सेयर निष्काशनको लागि अनुमित पाएको छ । नियामक निकायले धितोपत्र बोर्डले आजै (बिहीबार) मात्रै हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको हो ।

कोषले यसअघि प्रतिकित्ता शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) अनुपातले साबिकका सेयरधनीलाई हकप्रद सेयर जारी गर्न बोर्ड समक्ष आवेदन दिएको थियो । सोही अनुरुप बोर्डले आज स्वीकृति दिएको हो ।

जस अनुरुप अबका दिनमा कोषले प्रति सेयर सय रुपैयाँका दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर जारी गर्ने छ । हाल कम्पनीको बजारमा कारोबार भैरहेको सेयर मूल्य प्रतिकित्ता ५ हजार ४ सय रुपैयाँ रहेको छ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.