कृषि विकास बैंकको लाभांश घोषणा….

कृषि विकास बैंकले १५.७८% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर तिर्न ०.७८% नगद लाभांश दिने निर्णय गरेको हो । यस्तै, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिने जनाएको छ ।
नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले २४% नगद लाभांश र ६% बोनस सेयर गरी कुल ३०% लाभांश वितरण गरेको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.