ग्लोबल आइएमई लघुवित्तले घोषणा गर्यो लाभांश….

ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २७.४७% बोनस सेयर र कर प्रयोजनको लागि १.४५% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस आधारमा बोनस र नगद गरी कुल २८.९२% लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

ग्लोबल आइएमई लघुवित्तले ७ करोड १३ लाख ९ हजार १०८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, ३७ लाख ५३ हजार १११ रुपैयाँ नगद बाँड्नेछ । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

You might also like

Leave A Reply

Your email address will not be published.