साहस उर्जाले १ अर्ब ५ करोड रुपैयाँको IPO ओ निष्कासन गर्ने…..

साहस उर्जाले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले बोर्डसँग स्थानीय र सर्वसाधारणका लागि १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर जारी गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ ।
यो जारी पुँजीको ३०% हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यसले हाल सोलुखुम्बुमा ८६ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । ६९ जिल्लाबाट झन्डै ८ हजार सेयरधनीहरुको लगानी रहेको साहस उर्जामा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा अन्य ५ वटा बैकको लगानी रहेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.