अब मेरोशेयरको मोबाइल एपबाटै आईपिओ भर्न सकिने….

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एपमा सीआस्वा सेवा थप गर्ने भएको छ। सिडीएसले यही साता एपमा सीआस्वा सेवा थप गर्न लागेको हो ।
सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले १-२ दिन मै एपमा सीआस्वा सेवा थप गर्न लागिएको बताए । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने छन् । प्रवक्ता न्यौपानेका अनुसार सेवा थप गरेपछि कुनै समस्या नआए मङ्सिर २९ गते बाट खुल्ने प्रभु लाइफ इन्स्योरेन्सको आईपिओमा लगानीकर्ताले एपबाट नै आवेदन दिन सक्ने छन् ।
हालसम्म एपमा आइपिओमा आवेदन दिने सुविधा थिएन । लगानीकर्ताले मेरोशेयरको वेबसाइट बाट आईपिओमा आवेदन दिदै आएका थिए । अब भने एपबाट नै आईपिओको लागि आवेदन दिन सकिने भएको हो ।

You might also like

Leave A Reply

Your email address will not be published.