हालसम्मकै ठूलो IPO ल्याउन पूर्वाधार बैंकले माग्यो अनुमति …

नेपालमा हालसम्मकै ठूलो संख्यामा प्राथमिक सेयर (आइपिओ) निश्कासनका लागि पूर्वाधार बैंकले अनुमति मागेको छ।
बैंकले कुल ८ करोड कित्ता सेयर निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। बैंकले अंकित मूल्य १ सयका दरले ८ अर्ब रुपैयाँको सेयर निश्कासन गर्न लागेको हो।
आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छनौट भएको छ।
यसअघि बसेको बैंकको साधारणसभाले आइपिओ निश्कासनको निर्णय पारित गरेको थियो। अब धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आइपिओ निश्कासन गर्नेछ।
बैंकले जारी गर्ने ८ करोड कित्ता आइपिओ अहिलेसम्मकै धेरै परिणामको हो। आइपिओ भर्ने सबैलाई यो कम्पनीको सेयर बाँडफाँड गर्न पुग्नेछ।
अर्थात प्रक्रिया पुगेर आइपिओ भरेकाहरुको हात खाली हुने छैन। हाल प्राथमिक सेयर भर्नेको संख्या ८ लाखभन्दा बढी हुने गरेको छ।
यो विभिन्न विकास आयोजनाहरुमा ऋण लगानी गर्नका लागि स्थापित भएको बैंक हो। यो बैंकले निक्षेपका रुपमा रकम जम्मा गरी स्रोत जुटाउँछ। त्यस्तै ऋणपत्र जारी गरेर पनि रकम संकलन गर्दछ। संकलित रकम पूर्वाधारका क्षेत्रमा लगानी गर्छ।

आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ।

You might also like

Leave A Reply

Your email address will not be published.