ज्योति लाइफले ६६ लाख कित्ता आइपीओ निश्कासन गर्ने….

ज्योति लाइफ इन्सुरेन्सले ६६ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएपछि आइपीओ निष्कासनको थप प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ ।

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ जारी भइसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

You might also like

Leave A Reply

Your email address will not be published.