भारतको आईसीआईसीआई बैंकले नेपालमा खोल्यो कार्यालय ….

भारतीय आईसीआईसीआई बैंकले नेपालमा आफ्नो प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ।
बिहीबार बैंकले काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो।
आईसीआईसीआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक हो।
प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र आईसीआईसीआई बैंकका प्रबन्ध सञ्चालक तथा सिईओ सन्दीप बक्सीले संयूक्त रुपमा भर्चुअल माध्यमबाट गरेका हुन्।

प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरुसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्नेछ।

You might also like

Leave A Reply

Your email address will not be published.