माउण्टेन इनर्जीको आइपीओ बुधबार बाँडफाँट हुँदै….

काठमाडौं : माउण्टेन इनर्जीको आइपीओ बुधबार (मंसिर १७ गते) बिहान १० बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहान १० बजे माउण्टेन इनर्जीको कार्यालय डिल्लीबजार काठमाडौंमा बाँडफाँट हुने कार्यक्रम तय भएको छ । यो आइपीओको प्रि–अलोटमेन्ट आइतबार नै सम्पन्न भइसकेको छ ।

माउण्टेनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । यो आइपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।

यसमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १ लाख ८३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्ता सेयर समाप्त हुनेछ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार ४ लाख ९० हजार ९७३ जनाको हात खाली हुनेछ ।

You might also like

Leave A Reply

Your email address will not be published.