चन्द्रागिरी हिल्सले सर्वसाधारणको लागि पुस १ गतेदेखि आइपिओ निष्कासन गर्ने…

चन्द्रागिरी हिल्स कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलेपुस १ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले सो आइपिओ पुस १ गतेदेखि बिक्री खुल्ला गर्नेछ । कम्पनीले दोस्रो चरणमा १५ लाख ३४ हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको थियो । जसमध्येको कम्पनीले १५ लाख ३४ हजार कित्ता सेयर दोस्रो चरणमा बिक्री गर्ने भएको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्न लागेका हो । दोस्रो चरणमा सर्वसाधारणको लागि बाकिँ सेयर निष्कासन गर्ने विक्री प्रबन्धक ग्लोबल क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार पहिलो चरणको आइपिओ बिक्री पश्चात दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने तयारी छ ।

You might also like

Leave A Reply

Your email address will not be published.