सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने….

काठमाडौं । सरकारले सरकारी अस्पतालबाट कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निणर्य गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निणर्य गरेको हो ।
साथै केही समय अघि सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैंले गर्नुपर्ने निणर्य गरेको थियो । उक्त निणर्य पश्चात् सरकारको चर्को आलोचना भएको थियो ।
अझै कतिपय निजी तथा सरकारी अस्पतालले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्चको दररेट नै सार्वजनिक गरेका थिए । यस्तै सर्वोच्च अदालतले पनि असोज १५ गते कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

सर्वोच्चको यो आदेश आएसँगै सरकारले पुनरावेदनका लागि निवेदन दिएको थियो । उक्त निवेदन खारेजभएसँगै सरकारले यो निणर्य गरेको हो ।

You might also like

Leave A Reply

Your email address will not be published.