नेपाल पुनर्बीमा कम्पनीमा किन झुम्मिए लगानीकर्ता, सेयर मूल्य हालसम्मकै उच्च….

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । गत असार १५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको पुनर्बीमा कम्पनीको मूल्य आज अहिलेसम्मकै धेरै प्रतिकित्ता 969 रुपैयाँ पुगेको छ ।

असार १५ गते प्रतिकित्ता ४२४ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य ४ महिनामै करिब साढे दुई गुणाले बढेको हो । पछिल्लो एक महिना ८५० देखि ८८० रुपैयाँको बीचमा कारोबार भइरहेको कम्पनीको सेयर मूल्य यो साता ह्वात्तै बढेको हो । पछिल्लो दुई दिनमै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०० रुपैयाँभन्दा धेरैले बढीसकेको छ ।

गत शुक्रबार कम्पनीले साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले उक्त साधरण सभाबाट गत आवको नाफाबाट लाभांश सम्बन्धी कुनै औपचारीक घोषणा नगरे पनि रिजर्भ कोषमा ५ वर्षदेखिको नाफा सञ्चित रहेकोले आगामी दिनमा आकर्षक लाभांश दिने आशामा लगानीकर्ता यसको सेयरमा आकर्षित भएको आँकलन गरिएको छ ।

२०७१ सालदेखि व्यवसाय शुरु गरेको कम्पनीले अहिलेसम्म लाभांश दिएको छैन भने आर्थिक वर्ष २०७५/७६ को नाफाबाट पनि लाभांश नदिने औपचारिक घोषणा गरिसकेको छ । स्थापनाको ५ वर्षसम्म लाभांश बाँड्न नपाउने कानुनी व्यवस्था अनुसार लाभांश नबाँडेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट भने लाभांश वितरण गर्न पाउने भए पनि अहिलेसम्म घोषणा गरेको छैन ।

कम्पनीले गत आर्थिक वर्ष पहिलो त्रैमासदेखि यताको वित्तीय विवरण पनि सार्वजनिक गरेको छैन । वित्तीय विवरण सार्वजनिक नहुँदा लगानीकर्ताले कम्पनीको वास्तविक वित्तीय विवरणबारे जानकारी पाउन बञ्चित भएका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.