माघ १ गतेबाट बैंकिङ कारोबारमा झन कडाईं हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धिकरण निवारणलाई कडाई गर्न पहिलो चरणमा माघ १ गतेबाट वाणिज्य बैंकहरुलाई गो–एएमएल(प्रणाली) जान निर्देशन दिएको छ । एन्टी मनि लाउण्ड्रिङ सिस्टमका आधारमा बनाइएको गो–एएमएल (Anti-Money-Laundering System)मा जानका लागि राष्ट्र बैकले बैंकिङ कारोबारमा भइरहका धेरै प्रवधानहरुमा कडाईं गर्न निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा बाणिज्य बैंकमा बैंकिङ करोबार गर्दा पैसा राख्ने, निकाल्ने कम्पनी र व्यक्तिका लागि केहि नयाँ व्यवस्था लागु गर्दैछ जसलाई गो–एएमएल(प्रणाली) भनेर राष्ट्र बैंकले भनेको छ । हाल सञ्चालनमा रहेका २७ वटा बाणिज्य बैंकहरुमा वित्तीय कारोबार गर्न जाँदा सर्वसाधारणले गो– एएमएल अन्तरगत राष्ट्र बैंकले निर्देशन जारी गर्दा भनेको नियमहरु पालना गर्न पर्ने हुन्छ ।

नेपाललाई सम्पत्ति शुद्धिकरणका लागि ठूला बाणिज्य बैंकहरुमा बढि जोखिम हुने भएकाले र अन्तराष्ट्रिय सञ्जालमा बाणिज्य बैंकहरु जोडिने भएकाले पहिलो चरणमा २७ वटा बाणिज्य बैंकहरुमा गोएएमएल प्रणालीलाईं कडाईंका साथ लागू गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

एकै दिन एउटै व्यक्तिको खातामा फरक फरक व्यक्ति वा ठाउँबाट १० लाख रुपैयाँ भन्दाबढी रकम जम्मा गरियो वा झिकियो भने त्यसमाथि थप निगरानी बढाइनेछ । गो–एएमएललाई अन्तराष्ट्रिय मापदण्डको सम्पत्ति सुद्धीकरण रोक्ने सफ्टवेयर मानिन्छ । हालसम्म सबै बैंकहरुले गो–एएमएल सफ्टवेयर जडान गरिसकेका छन् । गो–एएमएल लागु गर्नका लागि बैंकहरुले डिपोजिट स्लिपको फर्म्याट समेत परिवर्तन गर्नुपर्नेछ । त्यसका लागि राष्ट्र बैंकले नयाँ फारमको फर्म्याट समेत उपलब्ध गराईसकेको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.