डिजेल ,पेट्रोल र मट्टितेलमा मुल्य बढ्यो…

काठमाडौं– पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढेको हो।

नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपालमा पनि मुल्य बढेको हो। काठमाडौंको हकमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ पर्नेछ।

You might also like

Leave A Reply

Your email address will not be published.