१३ औं सागको उद्घाटन…….
१५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद -साग_ को भब्य उद्घाटन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ औं सागको औपचारिक उद्घाटन भएको घोषणा गर्नुभयो। साग कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले साग थोरै समयमा पूर्वाधार तयार पार्दै साग आयोजना गर्न सफल भएको बताए ।
सिलवालले १३ औं सागमा ७ देशका २७ सय भन्दा बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि १० दिनसम्म प्रतिस्पर्धा हुने जानकारी दिए ।