झिमरुक गाउपालिका २ बाँदिकोटमा सम्पन्न खुला नकाउट पुरुष भलिबलको उपाधी त्रिवेणी युवा क्लब लाई

प्युठानको, झिमरुक गाउपालिका २ बाँदिकोटमा सम्पन्न खुला नकाउट पुरुष भलिबलको उपाधी झिमरुक त्रिवेणी युवा क्लब ठुलाबेशीले बिजयी भएको छ । प्रथम बार्षीक उत्सवको अवसरमा सनराइज युवा क्लबले आयोजना गरेको भलिबल खेलमा शनिबार भएको फाइनलमा संतरंगी युवा क्लब पुर्कोटदह गुल्मीलाई पराजित गर्दै ठुलाबेसीले पहिलो उपाधि आफ्नो हात पारेको हो ।प्रतियोगितामा प्रथम भएको त्रिवेणी युवा क्लबले १३ हजार बराबरको खसी र प्रमाणपत्र पुरस्कार पाएको छ भने दोस्रो स्थान हुने संतरंगी युवा क्लबले आठ हजार र प्रमाणपत्र चित्त बुझाउनु पर्यो ।त्यस्तै, तेस्रो स्थान हुने आयोजक टिम उज्यालो युवा क्लब ‘ए’ ले नगद ६ हजार र प्रमाणपत्र पाएको थियो । खेलमा जम्मा १२ टिमले सहभागिता जनाएका थिए। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा झिमरुक गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बल बहादुर महतराले युवाहरुलाई प्रोत्साहनका लागि वडाले खेलकुदमा सहयोग गर्ने बताउनु भयो । आगामी बर्ष आफ्नो वार्डबाट बजेट बिनियोजन गरि खेल मैदान ब्यबस्थित गर्ने उहाँले आश्वासन दिनुभयो ।कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले युवाहरु किताबको किरो मात्र नभई खेलकुदको हिरो हुन पनी आबश्यक रहेको बताउनु भयो । कार्यक्रमा बोल्दै खेल संयोजक चित्र बहादुर थापाले युवाहरु कुलतमा लागेर आफुलाई बिगार्नु भन्दा खाली समय खेलमा खर्चिदा आफ्नो स्वास्थ्य र भबिश्य बन्ने भन्दै खेलमा जोड दिन आग्रह गर्नु भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यलय मच्छीका प्रमुख डिल बहादुर बस्नेत, रेडियो स्वर्गद्धारीका स्टेसन म्यानेजर बिमल प्रसाद पोख्रेल, झिमरुक – १ का वार्ड सदस्य संखर पोख्रेल, बलभद्र मा. बि का प्रधानाद्यापक शेर बहादुर थापा, वार्ड सदस्य बाबुराम बि.क, स्थानिय ब्यापारी टोपलाल पोख्रेल, समाजसेबी नोज बहादुर थापा लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम सञ्चालन दिपक के.सी ले गर्नु भएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.