नेप्सेमा सूचीकृत भयो २ कम्पनीको ३७ लाख ६२ हजार कित्ता सेयर…..

काठमाडौं : प्राइम कमर्सियल बैंकको ३६ लाख ८२ हजार २५० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कन्काई विकास बैंकलाई एक्वायर गरेपछि उक्त संस्थाको सेयर प्राइम बैंकको नाममा सूचीकरण गरिएको हो । अब कन्काईका सेयरधनीले प्राइमका नाममा सेयर पाएका छन् । सूचीकरण भएकाले अब उनीहरुले प्राइमको सेयर दोस्रो बजारमार्फत कारोबार समेत गर्न सक्नेछन् ।

यसैगरी, आइतबार नै नेप्सेमा कालिका लघुवित्तको ८० हजार कित्ता बोनस सेयर सूचीकरण भएको छ । आर्थिक वर्ष २०७४–७५ को नाफाबाट वितरण गरेको ८% बोनस सेयर सूचीकृत गरिएको हो । कालिकाले गत वर्षको नाफाबाट यसपटक पनि १२% बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो लाभांश लगानीकर्तालाई वितरण गर्न नै बाँकी छ ।

You might also like

Leave A Reply

Your email address will not be published.