कुमारी बैंकका एक सेयरधनीले बेच्दैछन १ लाख १० हजार कित्ता सेयर, मूल्य कति ?

काठमाडौं । कुमारी बैंकका १ जना सेयरधनीले १ लाख १० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन । संस्थापक सेयरधनी किशोर लाकौलले आफ्नो नाममा रहेकोे सेयर बिक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।

यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।

You might also like

Leave A Reply

Your email address will not be published.